Friday, June 10, 2016

पेस्तोल र गोलीसहित ७ जना पक्राउ



२८ जेठ, महोत्तरी । महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले आज साँझ पेस्तोल र गोलीसहित सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छजना भारतीय र एकजना नेपाली रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्लाअन्तर्गत महुवाका राजकुमार राम, भतौलियाका हीराकुमार महतो, सिर्सियाका रामबली कुमार, दिनेशकुमार महतो, रञ्जितकुमार सुडी, अजितकुमार महतो र नेपालतर्फका महोत्तरी गौशाला नगरपालिका–१ का अमनकुमार साह छन् ।
उनीहरुलाई पोखरभिन्डा बजारबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट एकथान पेस्तोल, गोली तीन राउन्ड र एकथान म्याग्जिन बरामद गरेको छ ।

0 comments:

Post a Comment