Friday, June 10, 2016

आइ एम नट विथ केपि ओलि'-हरिराम सिग्देल


२८ जेठ, विशाल दरबार जस्तो घर विशाल बगैंचा रंगीचंगी फुलले सजियको तेहि एक कुना मा पार्क गरियका मरसिरिज बिएम डब्लु कारहरु।आफ्नै उद्योग धन्दा ले ब्यस्त जिबन।अन्तर्राष्ट्रिय बजार मा मेरो ब्रान्डको बढ्दो मा मलाई एउटा पिरले सताएको छ अर्बौं रुपया कहाँ लगानी गर्ने भनेर।म कार चलायर घर आउदै गर्दा गेट मा गाडी ठोकियो म झसङ्ग ब्युझिय।अबेरसम्म सुतियछ अबेर भैसकेछ । हतार हतार हातमुख धोए खाना बनाउन चामल हेर्दा आधा छाक भन्दा थिएन तेहि आधा छाक चामल र गुन्द्रुक उमाल्म तिर लागो मन मा डर थियो कतै खाना नपाक्दै ग्यास त मेटिने होइन भनेर धन्न बढो मुस्किल ले खाना त पाक्यो तर मलाई आर्को पिरले फेरि पोल्न थाल्यो भरे को जोहो कसरी गर्ने भनेर।खान बनाउन अन्न थिएन । पकाउन ग्यास थिएन ।नत बिजुलि बत्ती नै थियोे ।न खोल्टी मा रुपैयाँ ।अत्तियास लाग्दो चरम संकट मा छ जिन्दगी ।कतैबाट ॠण धन गरि पैसाको जोहो गरेपनी यी सबै चिज कहाँ पाइन्छ र सुलभमा।एउटा सिलिन्डर पाउन पनि युद्ध नै जित्नु पर्छ। यस्तै कुरा मन मा खल्दै गर्दा सामाजिक संजाल का गतिविधि हेर्न मन लाग्यो नेपाल टेलिकम को नेट खुल्नै आधा घन्टा लाग्यो।म सुरुको पोस्ट मै अचम्मित भए कारण थियोे हाम्रो सरकार र ओलीजीको कुरामा समर्थन गर्दै “आई एम विथ केपी ओली” को त ट्रेन नै चलेको रहेछ ।पक्कै अनि यो अभियान चलाउने तिनै हुन जो आफ्नो काम काज छाडी आजिबन कुनै पार्टी मा लागि पार्टीको कार्यक्रता को बिल्ला लागायर बर्सेनि देखि यो समाज र सोजा जनता लाई बलात्कार गर्ने हरु।बिरत्त लागेर आयो अनि तेहि आधी फाटेको बिस्तारा मा पल्टे।
हाम्रा ओलि जि का सपना ठूला सडक, अन्तर्राष्ट्रिय विमानस्थलहरु, रेलमार्ग, जलविद्युत आयोजनाहरु, तेल, ग्यासका भण्डारवाट देशलाई उर्जामा सम्पन्न वनाउने सपनाहरु छन् । आहा कस्ता राम्रा सपना । कर्णालीमा चामलको अभावमा कुपोषणले थलिएका वालकको भविष्यका लागि सपना रंगीन छैन । दैनिक १५ सयदेखि दुई हजार युवा वैदेशिक रोजगारीमा भौंतारिँदै छन । र, वैदेशिक रोजगारीमा रहेका नागरिक काठको बाकसमा बन्द हुँदै फर्किएका नेपालीको भविष्य देख्दैन सरकार । तर, सरकार उसको बजेटको पूर्तिका लागि वैदेशिक रेमिट्यान्समा निर्भर छ । अनुत्पादक क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई प्रोत्साहन गर्छ । तर, उत्पादन एवं भविष्यको निर्भर बनाउने नीति बनाउन सक्दैन । हामीलाई हाम्रो दक्षताका आधारमा सर्टिफिकेट दिने निर्णयलाई ठूलो मान्नु कसरि। हो सपना देख्नु नराम्रो त पक्कै होइन सपना नदेखि कसरी सारथकता पाउने ।१४९० मा लियोनार्दो दा भिन्चीले हवाइजहाजको सपना देखेका थिए । तर, उक्त सपनाको पूर्ति १९०५ मा राइट ब्रर्दशले गर्न सफल भए । हो ओलि जि को सपना १५ २० बर्ष पछि लाई योग्य छन।ओलि जिले देखेका सपना त न जनता को माग नै हो नत चाहा नै।तत्काल जनता को आसा त नुन तेल चामल मा २ रुपया कम मा पाइयोस् ।कालाबजारी को अन्तय होस।देशमै सानैभय पनि रोजगारि को बाताबरण होस।बिचौलिया को अन्तय होस कति साना माग किन यी माग को वास्ता नगरी भोको पेटमा जनतालाए येस्ता ठुला सपना देखाउदै छ्न।न त ओलि ले नै देखेका यी सपनालाई सार्थकता दिन उचित पहल नै भए सपना देखेको १बर्ष बितिसक्दा पनि।मनमोहनको नौ महिने कालको स्वीटजरल्यण्डको सपना अझै पूरा भएको छैन । त्यसैगरी प्रचण्डको सिंगापुर बनाउने सपना थाङ्गनामा सुतिरहेको छ। सयांै सपनाहरू यहाँ लाइन मा छन।यी बर्सौ पुराना सपनाहरू त अझैसम्म पूरा भएका छैनन त तपाईं का कसरी पूरा होलान। देशको राजधानी को त्यो कुरुपता सम्झदा पनि अत्तियास लागेर आउँछ।सिङ्गो रास्ट्रमा नै अन्तर्राष्ट्रिय स्तरको सुबिधा सम्पन्न कुनै शहर छैन। चाहिदैन अहिले नेपाली जनता लाई पानी जहाज रेल।ती शहर को कुरुपता बनाउने ढल मिसिएको नदि लाई सफा खोला मा परिणत गरिदिय पुग्छ अनि ती बेतका लहरा झै झुन्डिएका तार हरु लाई ब्यबस्थित गरे पुछ।साना साना सपना देखि पूरा गर्नु पर्दछ आज आबश्यकता को बेवास्ता गरि भोलि को चाजो पाजो मिलाएर के नै फाइदा । अनि मेरो मन मा यति धेरै पीडा र अभाव छ मेरो मात्र होइन सारा नेपाली पीडा यहि छ अनि म कसरी भन्न् सक्छु आइ एम विथ केपी ओलि।हो आइ एम नट विथ केपि ओलि। आम नेपाली ले सन्तोष को माना खान पाओस।एक्काइसौं सताब्दी मा आयर कुनै जनता ले टुकि को साहारा लिन नपरोस २० २५ हजार को निम्ति कुनै नेपाली ले बिदेशी भुमि मा ज्यान गुमाउन न परोस।नाकाबन्दी को सामाना गर्न योग्य नेपाल होस अनि सारा नेपाली ले भन्ने छ्न आइ एम विथ केपी ओलि।

0 comments:

Post a Comment