Friday, June 10, 2016

एमालेबाट कांग्रेस कार्यकर्ता कुटिए


२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सोलुखुम्बुमा आफ्ना कार्यकर्ता कुट्नेहरुलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
Congress-Flagकांग्रेस सोलुखुम्बु जिल्ला सदस्य एवम् रिपोर्टर्स क्लब पूर्वाञ्चलका अध्यक्ष भानुभक्त निरौलालाई एमाले कार्यकर्ताहरुले शुक्रबार कुटेको कांग्रेसको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति निकालेर आक्रमणको निन्दा र भ्रत्सना गर्दै घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
यसैबीच रिपोर्टर्स क्लबले पनि शुक्रबारै विज्ञप्ति निकालेर आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

0 comments:

Post a Comment