Monday, June 6, 2016

नयाँ शक्तिमा विवाद : पार्टीमा नबस्नेसम्म चेतावनी


जेठ २५, काठमाडौं–नयाँ शक्ति नेपालमा कम्युनिष्ट (वामपन्थ) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ ।

एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन् । पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकार भने त्यसको विरोधमा छन् ।
गणेशराज राई, रामेश्वर खनाल, नाथुप्रसाद चौधरी, डा. प्रविण मिश्र, मदन राई, सुरेन्द्र चौधरी, अशोक शर्मालगायतले वामपन्थी विचार अवलम्बन गरिए पार्टीमा नबस्ने चेतावनी दिएका छन् ।
पार्टी घोषणा नुहँदै किचलो सुरु भएपछि संयोजक बाबुराम भट्टराई अप्ठेरोमा परेका छन् । उक्त विवादले गर्दा यही जेठ ३० गते सार्वजनिक गर्ने भनिएको पार्टीको नाम र अन्तरिम विधानको पनि टुंगो लाग्न सकेको छैन । आजको कारोबार दैनिकमा खबर छ ।

0 comments:

Post a Comment