Monday, June 6, 2016

नयाँ शक्तिको सडकमा आफ्नै ट्राफिक


जेठ २५, काठमाडौं–नयाँ शक्ति नेपालले ३० जेठमा गर्न लागेको पार्टी स्थापना घोषणा कार्यक्रममा आफ्नै ट्राफिक सडकमा खटाउने भएको छ । संविधान जारी भएसँगै एमाओवादी त्यागेर छुट्टै पार्टी गठन अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्य नेतृत्वको नयाँ शक्तिले सो दिन शान्ति सुरक्षाका लागि आफ्नै स्वयंसेवक खटाउन तयारी गरेको हो । 

ट्राफिक व्यवस्थापनका लागि पूर्वएआईजी तथा पूर्वट्राफिक प्रहरी प्रमुख गणेश राईले संयोजन गर्ने भएका छन् भने सुरक्षाका लागि पूर्वएआइजी नारायणप्रसाद पाण्डेलाई जिम्मा दिइएको छ । नयाँ शक्ति केन्द्रीय परिषद सदस्य तथा प्रवक्त खिमलाल देवकोटाले स्वंसेवकले ट्राफिक प्रहरी तथा सुरक्षामा खटिएका प्रहरीसँग समन्वय गरेर काम गर्ने बताए । आजको राजधानी दैनिकमा खबर छ । 

0 comments:

Post a Comment