Monday, June 6, 2016

‘दिनहुँ ४१ घटना, ६ को मृत्यु’


जेठ २५, काठमाडौं–जेठ १३ देखि १९ सम्म देशमा २ सय १९ सडक दुर्घटना, ४६ को मृत्यु भयो भने १ सय २ गम्भीर घाइते भए । जेठ ६ देखि १२ गतेसम्म २ सय ५१ वटा दुर्घटनामा ४५ को मृत्यु भएको थियो। तथी घटनामा १ सय ९ जना गम्भीर घाइते भए ।
ट्राफिक प्रहरी निर्देशनालयले जेठ महिनाको दोस्रो र तेस्रो साता (१४ दिन) संकलन गरेको देशभरको दुर्घटना तथ्य हेर्दा दिनमा औसत ६ दशमलव ५ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको देखिन्छ ।
पछिल्लो एक वर्षको तथ्यांकले पनि नेपालमा हरेक दिन औसत ६ जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुने गरेको देखाउँछ । गत वर्षको जेठदेखि यो वर्षको वैशाखसम्मको एक वर्षको अवधीमा नेपालमा कुल २ हजार १ सय ५ जनाको दुर्घटनाबाट मृत्यु भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 comments:

Post a Comment