जेठ २५, काठमाडौं–बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ ऐनले सञ्चालक तथा संस्थापकलाई बलियो बनाए पनि नियमनकारी निकायले प्रभावकारी नियमन गरेको खण्डमा समस्या नआउने सांसद दीपक कुइँकेलले बताएका छन् ।
संसद्को अर्थ समितिअन्तर्गतको उपसमितिको संयोजकसमेत रहेका कुइँकेलले नयाँ ऐन आउनु नै सकारात्मक रहेको बताए । सबै क्षेत्रको सहमतिमा बाफिया अर्थ समितिले पारित गरेको बताउँदै उनले भने, “उपसमितिका अधिकांश सांसद बैंकिङ व्यवसायमा संलग्न छन् ।
बहुमतीय प्रणालीमा गएको भए पनि हालको व्यवस्था नै हुने थियो ।” नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन गरेमा सांसदको बैंक भए पनि संस्थागत सुशासनमा समस्या नहुने उनले बताए ।
संस्थापक तथा सञ्चालकको समयअवधि नतोकिँदा वित्तीय संस्थामा समस्या आउन सक्ने बताउँदै पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने, “नयाँ ऐनले वित्तीय क्षेत्रका विगतका समस्या पुनः दोहो¥याउने देखिन्छ ।” जनताको पैसामा संस्थापकले खेल्न नहुने बताउँदै क्षेत्रीले संस्थापक तथा सञ्चालन हाबी हुने गरी ल्याएको ऐनले वित्तीय प्रणालीलाई संकटतर्फ उन्मुख गर्न खोजेको बताए । आजको कारोबार दैनिकमा खबर छ ।
0 comments:
Post a Comment