Monday, June 6, 2016

१४६ जना कोरिया भाषा परीक्षा दिनबाट वञ्चित


२५ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लािग वैशाखमा फारम भरेकामध्ये १४६ युवाले कोरिया भाषा परीक्षा दिन नपाउने भएका छन् ।
ईपीएस कोरिया शाखाका अनुसार  विगतको भाषा परीक्षामा चिटिङ गर्ने, दोहोरो फारम भर्ने र उमेर नप्गेकाहरुले परीक्षा दिन नपाउने गरी नाम हटाइएको आजको कारोबार दैनिकमा समाचार छ ।

न विकास सेवाले ती दरखास्त फारम रद्द गरेको छ ।  परीक्षा दिन नपाउनेमा १५ जना विगतमा परीक्षा नियम उल्लंघन गरेका छन् । तरउनीहरू गत वर्ष नै कारवाहीमा परी दुई वर्षसम्म परीक्षा दिन नपाउनेमा पर्छन् ।
गत वर्ष एउटा परीक्षार्थीको ठाँउमा अर्को परीक्षार्थी सहभागी भएको र कपी गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म परीक्षा दिन प्रतिवन्ध लगाइएको थियो ।
दोहोरो फारम भर्ने १९ जना परीक्षार्थीको एउटा फारम अस्वीकृत गरिएको छ ।  उनीहरुले उत्पादनमूलक क्षेत्रका साथै कृषि क्षेत्रमा फारम भरेका थिए ।

0 comments:

Post a Comment