Thursday, June 9, 2016

पुनर्निर्माणको पहिलो किस्ता र काठ छिट्टै दिइने


२८ जेठ, काठमाडाैं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण सम्पन्न भइसकेका भूकम्प अतिप्रभावित परिवारलाई आवास पुनर्निर्माणका लागिपहिलो किस्ताको रकम छिट्टै उपलव्ध गराउने भएको छ ।
उक्त रकम बैंकमार्फत यथाशीघ्र उपलव्ध गराउने संघीय मामिला तथा स्थानीय विकास मन्त्रलयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई निर्देशन दिएको छ ।
आयोग अनुदान सम्झौता गरिसकेका एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको रकम छिटोभन्दा छिटो उपलव्ध गराउन निर्देशन दिएको आजको गोरखापत्रमा समाचार छ ।

अनुदान वितरण बैंक मार्फत हुने छ । जसका लािग प्राधिकरण र ५३ वटा वैंकबीच सम्झौता भएको प्राधिकरणले जनाएको छ  ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाले हालसम्म ६४ हजार ३२० घरधनीसँग अनुदान सम्झौता भइसकेको बताएको छ ।
काठमाडौं उपत्यकाबाहेका अतिप्रभावित ११ जिल्लामा पाँच लाख ३३ हजार ४५४ घरधनीको नाम अनुदान पाउने सूचीमा परकेो प्राधिकरणले जनाएको छ ।
यस्तै वनमन्त्री अग्नीप्रसाद सापकोटाले भूकम्पपीडित जनताको घर निर्माणका लागि छिट्टै काठ उपलव्ध हुने बताएका छन् ।

0 comments:

Post a Comment