Thursday, June 9, 2016

मलेसियाका ५८ कम्पनी कालोसूचीमा


२८ जेठ, काठमाडौं । सरकारले नेपाली कामदारमाथि शोषण गरेको भन्दै खाडीमुलुक र मलेसियाका ५८ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने र अलपत्र पार्ने काममा संलग्न रहेको पाइएपछि यी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको आजको कारोबार दैनिकले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीमा नेपालका म्यानपावर एजेन्सीले कामदार पठाउन पाउने छैनन् ।
कालो सूचीमा पर्नेमा साउदी अरेबिया, कतार, युएई र मलेसियाका कम्पनीहरु छन् ।  कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२ कम्पनी छन् भने युएईको १, कतारका २ र साउदी अरेबियाका ३ कम्पनी छन् ।
वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराईले रोजगारदाता कम्पनीहरुले नेपाली कामदारलाई शोषण गर्दै आएकाले कालोसूचीमा राखिएको जाकारी दिएका छन् ।
मलेसियाको केएफसी होल्डिङ, एएचएम कन्सल्टेन्सी एन्ड सर्भिस, एचएलएच बुड इन्डस्ट्रिजलगातका कम्पनी कालोसूचीमा परको विभागले जनाएको छ । यस्तै युएईको अलहमेद डेभलपमेन्ट कन्सट्रक्सन तथा साउदीइ अरेवियाका महरा एचआर कम्पनी लगायतका कालोसूचीमा परेका छन् ।
सम्बन्धित मुलुकमा नेपाली दूतावास र विभागमा परेका उजुरीका आधारमा रोजगारदाता कम्पनीललाई कालोसूचीमा राखिएको विभागले जनाएको छ ।

0 comments:

Post a Comment