Tuesday, June 14, 2016

बर्सेनि पढ्न विदेशिने संख्या बढेको बढ्यै


असार १, काठमाडौं–यो आर्थिक वर्षको बैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएका छन् । बर्सेनि यो संख्या बढ्दो छ । स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ ।

२०६८/०६९ देखि २०७२/०७३ बैशाखसम्म ७० हभन्दा बढी मुलुकमा एक लाख १७ हजार पाँच सय ७४ विद्यार्थी मन्त्रालयबाट अनुमति पत्र लिएका छन् । विदेश अध्ययनमा एक जनाले सरदर १५ लाख खर्च गर्छन् । परामर्श दार्त संस्थाले जानकारी दिएअनुसार ती मध्ये ८० प्रतिशत प्लस टु सकाएका विद्यार्थी छन् ।
यसअनुसार वर्षमा २४ हजारभन्दा बढी प्लस टु सकाएका विद्यार्थी विदेशिन्छन् । प्यस टु सकाउने सरदर १ लाख २० हजारमध्ये २४ हजार बाहिरिँदा २० प्रतिशत विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको देखिन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:

Post a Comment