Tuesday, June 14, 2016

पीडितको सामूहिक आवास निर्माणमा किचलो


असार १, काठमाडौं–भूकम्प गएको १३ महिनासम्म पुनर्निर्माणको पर्खाइमा रहेका जिल्लाका भूकम्पपीडितलाई लक्षित गरी सरकारले बनाउन लागेको सामूहिक आवास निर्माणको प्रक्रियामै किचलो सुरु भएको छ ।

भूकम्पपछि सिन्धुली जिल्लामा सामूहिक आवास निर्माण सुरु गर्न सहरी विकास तथा भवन डिभिजन आयोजना कार्यान्वयन इकाले आहृवान गरेको ठेक्का प्रक्रियामा सहभागी ठेकेदारहरुले नक्कली कागजात पेस गरेको आरोप लागेपछि निर्माण कम्पनी छनोटमा किचलो सुरु भएको छ ।
गोरखा कन्स्ट्रक्सनल प्रालिले ठेक्का प्राप्त गर्न नक्कली कागजात पेस गरेको आरोप छ । कन्स्ट्रक्सनले ठेक्का प्राप्त गर्न पेस गरेको कार्य अनुभवको प्रमाणपत्र नक्कली भएको निर्माण व्यवसायीले आरोप लगाएका हुन् ।
ठेक्का प्रक्रियामा सहभागी निर्माण कम्पनीहरुले गोरखा कन्स्ट्रकसन विरुद्ध जिल्ला प्रशासन र अख्तियारमा उजुरी दर्ता गराएका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment