Friday, June 10, 2016

यो वर्ष नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमात्रै


काठमाडौं, २९ जेठ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिको प्रक्षेपण पुनः घटाएको छ।
विश्व बैंकले प्रकाशन गरेको आर्थिक परिदृश्यअनुसार चालू आर्थिक वर्ष २०१६ मा आर्थिक वृद्धि शून्य दशमलब ६ प्रतिशत मात्रै हुनेछ।
यसअघि जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि १ दशमलब ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।
अहिले गरेको प्रक्षेपण सरकारको अनुमानभन्दा पनि कम हो। सरकारले चालू आर्थिक वर्षमा सून्य दशमलब ७७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण आर्थिक सर्वेक्षणमार्फत गरेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

0 comments:

Post a Comment