Friday, June 10, 2016

अवैद्य प्लटिङले फेवाताल नै सुक्नसक्ने खतरा


 जेठ २९, काठमाडौं – फेवाताल सिरानको सिमसारमा सुरु भएको प्लटिङले ताल नै जोखिममा पर्नसक्ने देखिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ। संरक्षणकर्मीहरूले तालको बाँच्ने आधार योसँग जोडिएको सिमसार क्षेत्र भएकाले उक्त प्लटिङले ताल नै मासिनसक्ने चेतावनी दिएका छन् ।
संरक्षणकर्मी डा. तीर्थबहादुर श्रेष्ठले भने, ‘तालको आयु सिमसारसँग जोडिने हुँदा सिमसार जोगाउनुपर्छ। सिमसार नरहे ताल पनि नरहन सक्छ।’
fewa-lake
तालसँग जोडिएको सिमखेतलाई घडेरी बनाएर बेच्न ठिक्क पारिएको छ।
फेवाताललाई रामसार सूचीमा दर्ता गरिसकिएको छ। त्यसैले यो विश्वकै सम्पदा बनेको छ। तर यो सम्पदा जोगाउनेभन्दा मास्ने काम धेरै भएको छ।
प्लटिङ पोखरा उपमहानगरपालिकाबाट स्वीकृत नभएको अधिकारीहरू बताउँछन्। फेवातालको सिमसार क्षेत्र चंखपुरनजिकै पनि केही वर्षअघि सिम क्षेत्र पुरेर घडेरी बनाइएको थियो। त्यति बेला स्थानीयले जिल्ला विकास समितिमा उजुरी दिए पनि बेवास्ता गर्दा प्लटिङ गरी घडेरी बनिसकेको छ। अहिले प्लटिङ भएको ठाउँ आफैंमा विवादित जमिन पनि हो।
फेवातालवरपरको डाँडा र सिमसार क्षेत्रमा जथाभाबी डोजर चलाउने र सिमसार क्षेत्र पुर्ने गरिँदा बर्सेनि तालको क्षेत्रफल घट्दै गएको छ। प्रतिवर्ष १ लाख ४२ हजार टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ।
यसैको परिणाम फेवाताल ५ वर्गकिलोमिटर क्षेत्रफलमा सीमित छ। उचित संरक्षणको अभावमा ४० देखि ५० वर्षको अवधिमा ताल ५० प्रतिशत पुरिएको अध्ययनले देखाएको छ।

0 comments:

Post a Comment