Friday, June 10, 2016

नयाँ शक्तिको पार्टी घोषणा : डिजिटल मञ्च, चार ठाउँबाट जुलुस


काठमाडौं – नयाँ शक्ति नेपालले जेठ ३० गते गर्ने पार्टी घोषणा सभा पनि नयाँ तरिकाको हुने नयाँ पत्रिका दैनिकमा खबर छ । यस्ता छन् पार्टी घोषणा कार्यक्रमको तयारी:

स्वेच्छिक अपिल : घोषणासभामा सहभागी हुन आउन नयाँ शक्ति नेपालले सदस्यलाई अपिल गरेको छ ।
चारठाउँबाट जुलुस : पार्टी घोषणको दिन राजधानीका चार ठाउँबाट जुलुस गरिनेछ ।
ट्राफिक व्यवस्थापन आफै : काठमाडौंका ठाउँबाट निस्कने र्यालीको व्यवस्थापन नयाँ शक्तिका आफ्नै स्वयंसेवकले गर्ने भएका छन् ।
डिजिटल मञ्च : मञ्च डिजिटल प्रविधियुक्त हुने भएको छ । मञ्चमा नयाँ शक्तिका संयोजक र आमन्त्रित अतिथि मात्रै बस्ने व्यवस्था मिलाइनेछ । बाहिर निर्माण गरिएको मञ्च शनिबार साँझ रंगशालमा लगेर फिट गरिनेछ ।
खर्च : मञ्च व्यवस्थापन – २१–२७ लाख, प्रचारप्रसार– १० लाख, दस्तावेज छाप्न – ३ लाख, बन्दसत्रमा खान – ८ लाख, बेलुकीको खान–बस्न – ७ देखि १० लाख
प्रतिनिधिको खानपिन : प्रज्ञा भवनमा ३१ र ३२ जेठमा हुने बन्दसत्रमा बिहान चिया नास्ता र दिउँसो बिरयानीसहितको प्याकेट लञ्च ।
बसोबास : स्वेच्छिक खर्च, बस्न गोंगबु नयाँ बसर्पा क्षेत्रमा व्यवस्थापन मिलाइएको छ ।

0 comments:

Post a Comment