Tuesday, June 7, 2016

न्यायाधीश सिफारिस : अलमलमा सर्वोच्च


जेठ २६, काठमाडौं–अधिवक्ताद्वय पूर्णचन्द्र पौडेल र ज्योति बानियाँ मंगलबार सर्वोच्च अदालतमा तयारीसाथ उपस्थित थिए । न्यायपरिषदले गरेको ११ जना न्यायाधीश सिफारिस गलत भएको भन्दै पौडेल त्यसमाथि बहस गर्न र बानियाँ सिफारिस सही भएको जिकिर गर्न त्यहाँ पुगेका हुन् ।

आआफ्ना तर्कलाई बल दिने अन्तर्राष्ट्रिय कागजात, कानुनी नजिरसाथ गएका उनीहरु बहसमा उत्रन भने पाएनन् । अदालतले उक्त मुद्दामाथि मंगलबारका लागि तय गरिएको सुनुवाइ स्थगनको सूचना टाँसेपछि उनीहरु फर्किए । पौडेलको निवेदन स्थगित भएको यो दोस्रो पटक हो भने बानियाँको पहिलोपटक ।
जेठ ११ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिसविरुद्ध परेको मुद्दाको विरोधमा जेठ २० गते बानियाँले अर्को मुद्दा दायर गरेपछि अदालत अन्योलमा परेको विश्लेषण गर्न थालिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 comments:

Post a Comment