Tuesday, June 7, 2016

बेलायती उच्च अधिकारी काठमाडौंमा


जेठ २६, काठमाडौं–बेलायतका दुई जना अधिकारी नेपालको चारदिने औपचारिक भ्रमणमा मंगलबार काठमाडौं आएका छन् । बेलायती विदेश मन्त्रालयका पर्मानेन्ट अन्डर सेक्रेटरी सर साइमन म्याकडीनाल्ड र बेलायती अन्तार्राष्ट्रिय विकास मन्त्रालयका पर्मानेन्ट सेक्रेटरी मार्क लोकक काठमाडौं आएका हुन् ।

बेलायती अधिकारीले मंगलबारै अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारमा भेट गरेका छन् । बेलायतले डीएफआईडीमार्फत नेपाललाई २०१८ देखि २०२१ सम्म् उपलव्ध गराउने विकास सहयोगसम्बन्धी कार्ययोजनामा नेपालका प्राथमिकताका बारेमा बेलायती अधिकारीले मन्त्री पौडेलसँग जिज्ञासा राखेका अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले बताए ।
लगानी बोर्डको सुदृढीकरणका लागि सहयोग गर्न बेलायत तयार रहेको बेलाती अधिकारीहरुले बताए । मन्त्री पौडेलले नयाँ संविधान जारी भएसँगै नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको र बेलायतको सहयोग महत्वपूर्ण रहने बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment