Monday, June 6, 2016

सार्क राष्ट्रका मुख्यसचिवहरु काठमाडौंमा भेला हुँदै


२४ जेठ, काठमाडौं । सार्वजनिक प्रशासन सेवाग्राही मैत्री बन्न नसकेको गुनासो बढिरहँदा सार्क राष्ट्रका मुख्य सचिवहरुले काठमाडौंमा भेला भएर सार्वजनिक प्रशासन सुधारका नवीन आयामबारे बहस गर्ने भएका छन् ।
Saarcमुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा जेठ २७ र २८ गते हुने बैठकमा सार्वजनिक प्रशासन र सेवा प्रवाहका क्षेत्रमा भएका असल अभ्यासबारे छलफल गर्न लागिएको हो ।
सार्वजनिक प्रशासन र सेवाप्रवाहमा भएका असल अभ्यासका अनुभव आदान-प्रदानबारे हरेक वर्ष सार्क राष्ट्रहरुवीच छलफल हुँदै आएका छन् । यस वर्ष नेपाल सरकारले बैठक आयोजना गरेको हो ।
उक्त बैठकमा नेपालले सार्वजनिक प्रशासनलाई जनमुखी बनाउन प्रयोग गर्दै आएको सबैभन्दा राम्रा अभ्यासबारे कार्यपत्र समेत प्रस्तुत गर्नेछ ।
बैठकमा सार्क राष्ट्रका सबै मुख्य सचिव तथा मन्त्रिपरिषद सचिवहरु, पूर्वमुख्य सचिवहरु र सार्क राष्ट्रका राजदुतहरु सहभागी हुनेछन् ।
गत वर्ष यसै विषयमा पाकिस्तानको इस्लामावादमा छलफल भएको थियो ।

0 comments:

Post a Comment