Wednesday, June 8, 2016

देशव्यापी डिजिटल शिक्षा अभियान सुरु


२६ जेठ, काठमाडौं । नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान बुधबारबाट सुरु भएको छ । कुल टेक्नो ल्याव एण्ड रिसर्च सेन्टरले बुधबारदेखि यो अभियान देशव्यापीरुपमा सञ्चालन गरेको हो ।
kul-lab_Giriraj-Mani-Pokhrelशिक्षामन्त्री गिरिराजमणी पोखरेेलले डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियानको शुभारम्भ गरे ।
कार्यक्रममा मन्त्री पोखरेलले ‘सेल्फ डिपेन्डेन्ट नेपाल फर टेक्नोलोजी इन एजुकेशन’को राष्ट्रिय सम्मेलन, स्मार्ट स्कुल एप, शैक्षिक समागि्र ट्यावलेटको शुभारम्भ गरेका हुन् ।
डिजिटल शिक्षाका लागि देशभरका बिद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने योजनालाई सरकारले प्राथमिकतामा राखेको उनले बताए ।
‘डिजिटल प्रविधि विना अवको शिक्षा पुर्ण हुन्न,’ उनले भने, ‘प्रतिस्पर्धा विदेशी मुलुकसँग गर्नुपर्ने भएकाले किताव घोक्ने शैक्षिक व्यवस्थालाई डिजिटलमा रुपान्तरण गर्नैपर्छ ।’

0 comments:

Post a Comment