Monday, June 13, 2016

युरोकपमा टिसिएलको क्यास ब्याक अफर


३१ जेठ, काठमाडौं । युरो कपको अवसर पारेर टिसिएल टिभीमा क्यास ब्याक अफर लागू गरिएको छ । यो अफर आइतबारदेखि सिमित अवधिका लागि लागू गरिएको छ ।
टिसिएल ब्रान्डको १९ इञ्चको एलइडी टिभीदेखि ५५ इञ्चको कभ्र्ड एलइडी टिभी खरिद गर्ने सम्पूर्ण ग्राहकले २२ सय रुपैयाँदेखि २२ हजार ५ सय रुपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् ।

टिसिएल उच्च प्रविधी र गुणस्तरले गर्दा विश्वको तेस्रो ठूलो ब्रान्डमा पर्ने कम्पनीको दाबी छ । टिसिएलका कन्ट्री सेल्स म्यानेजरले भने- ‘नेपाली दर्शकहरुको जति फुटबल प्रति लगाव छ, म आफु स्वयं पनि फुटबलप्रति त्यति नै चाख राख्छु र उच्च गुणस्तरको सुविधा भएको यस टिसिएल टिभीमार्फत खेल हेर्नको लागि सुझाव दिन्छु ।’

0 comments:

Post a Comment