Wednesday, June 8, 2016

दललाई दबाब दिन राष्ट्रपति उक्साउँदै बार


काठमाडौं, २७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सीमाभित्र रही संसदको नियमावली बनाउने कार्यमा पहल गर्ने कानुन व्यवसायीहरुलाई वचन दिएकी छिन् ।

नियमावली नभएका कारण हेरक क्षेत्रमा नियुक्ति प्रक्रिया अड्किरहेका बेला राष्ट्रपति भण्डारीले आफ्नो सीमाभित्र रही त्यसबारेमा आफूले पहल गर्ने बचन दिएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष मोतीराज गौतमले जानकारी दिए ।
राष्ट्रपति भण्डारीसँग बुधवार नेपाल बारका पदाधिकारी र सदस्यहरुको भेटघाट भएको थियो । सो अवसरमा कानुन व्यवसायीहरुले राजनीतिक दलहरुको खिचातानीले गर्दा नियमावली बन्ने अवस्था नभएको र यसले गर्दा मुलुक नै संकटमा पर्दै गएको भनी राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।
कानुन व्यवसायीहरुले सबै राजनीतिक दलहरुका शीर्ष नेताहरुलाई डाकी नियमावली निर्माण गर्नका लागि दबाब दिन आबश्यक भइसकेको भनी राष्ट्रपतिलाई सुझाव दिएको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

0 comments:

Post a Comment