Tuesday, June 7, 2016

मलेसियाबाट २ महिनामा डेढ सय कामदार फिर्ता


जेठ २६, काठमाडौं–बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले अनफिट भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ ।

दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन् । यो संख्या निकै ठूलो हो ।
बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ । विगतमा परम्परागत तरिकाबाट स्वास्थ्य परीक्षण गर्दा कतिपय कामदारलाई मलेसियाले विभिन्न रोग देखाएर फिर्ता पठाउने गरेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment