Tuesday, June 7, 2016

कुन– कुन मन्त्री हटाउँछन् केपी ओलीले ?


जेठ २६, काठमाडौं–म शक्ति बस्नेतलाई कारबाही गर्छु । गृहमन्त्रालयबाट कुनै हातमा निकालेरै छाड्छु,  ‘अहिले उनीहरु मलाई हटाउनतिर लागेका छन् । फकाउन मान्छे पनि पठाएको पठायै छ, ‘तपाई भारतसँग लड्न सक्नुहुन्छ ?’ भनेर मैले प्रचण्डलाई सोधेँ । उहाँले म त सक्दिन भनेर हात उठाउनुभयो । ’ प्रधानमन्त्री केपी ओलीले शनिवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा आफ्ना कुरा राख्दा व्यक्त भएका वाक्वांश हुन यी ।

राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बारेमा उनी स्पष्ट पार्दै थिए– एकातिर मलाई हटाउन खोज्ने अनि अर्कातिर राष्ट्रपतिलाई दिल्ली पनि बोलाउने ? त्यो भ्रमण मैले रोकेकै हो । राजदूत रञ्जित रेलाई पनि अवाञ्छिक व्यक्ति घोषणा गरेर देशनिकाला गरौं जस्तो लागेको थियो तर भै’गो भनेर छाडिदिएँ । उनले भने ।
ओलीले माधव नेपाललाई पनि व्यङ्ग्य गर्दै भने,‘मलाई बलात्कारी भन्ने ? शहिद पत्नी ताकेको भन्ने ?’ माधवले प्रतिवाद गरे, ‘लौ एजेण्डा राखेर बोलौं । एक्लै कराईरहने हो ?’ केपीले सभामुखको निवासमा वर्षमानसँग बसेर वामदेवले राजीनामाको प्रसंग सहमतिको बुँदामा हाल्न लगाएको आरोप लगाए ।
प्रधानमन्त्रीले आफूलाई सहयोग नगर्ने गृहमन्त्रीलाई हटाई छाड्ने अडान दोहो¥याएर भने आपूर्तिमन्त्री गणेशमान पुन कालाबजारियासँग साँठगाँठमा रहेको ठोकुवा समेत गर्न भ्याए । आजको जनआस्था साप्ताहिकमा खबर छ  ।

0 comments:

Post a Comment