Thursday, June 9, 2016

अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट


दाङ, २७ जेठ । राप्ती अञ्चल दाङ जिल्लाको तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट निर्माण हुने भएको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लान्ट निर्माणको काम सुरु गरिएको राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिनुभएको छ । 



यो प्लान्ट नेपालमै पहिलोपटक सरकारी अञ्चल अस्पतालले सुरु गर्न लागेको हो । नेपाल सरकारबाट प्राप्त सहयोग रु एक करोड २५ लाख बजेटबाट ग्यास प्लान्ट निर्माण हुने अस्पतालले जनाएको छ । अक्सिजन ग्यास प्लान्टका लागि रु ८० लाख बराबरको टेन्डर भएको र निर्माणको जिम्मा पाएको मेडी अक्सिजन प्रालिलाई सो निर्माणको जिम्मा दिएको बताइएको छ । 

अक्सिजन प्लान्ट निर्माण सँगै अस्पताललाई आर्थिक भार पनि कम हुने बताइएको छ । सो प्लान्ट निर्माण सँगै अस्पताललाई आवश्यक पर्ने अक्सिजन बाहिरबाट ल्याउनु नपर्ने र अस्पताललाई आर्थिक भार पनि कम पर्ने अस्पतालले जनाएको छ । 

हाल दैनिक चार सिलिन्डर ग्यास अस्पतालमा खपत हुँदै आएको अस्पतालका मेसु डा भोलाराम श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालले वार्षिक रु १५ लाखको अक्सिजन ग्यास बाहिरबाट आयात गर्ने गरेको थियो । रासस 

0 comments:

Post a Comment