Sunday, June 12, 2016

कुखुराको मासु र अन्डा उपभोग ह्वात्तै बढ्यो


जेठ ३१, काठमाडौँ – एक दशकयता मुलुकमा कुखुराको मासु र अन्डा उपभोग ह्वात्तै बढेको छ। यससँगै व्यावसायिक प्रयोजनले कुखुरा पालन गर्ने क्रम पनि तीब्र छ।
यी सबै फार्ममा गरी कति कुखुरा होलान्? तिनले वर्षमा कति चल्ला र अन्डा उत्पादन गर्लान्? सायद कसैलाई थाहा थियो। व्यावसायिक कुखुरापालनसँग जोडिएका यी र अन्य थुप्रै प्रश्नको उत्तर अब भने सहजै भेटिने भएको छ। केन्द्रीय तथ्यांक विभागले पहिलो पटक देशभरका फार्ममा कुखुरा र अन्डा गणना गरेको हो।
विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा देशभर ६ करोड ८ लाख २६ हजार ८ सय ८० बटा कुखुरा व्यावसायिक प्रयोजनले पालिएका छन्।
आर्थिक वर्ष ०७१/७२ मा गरिएको गणनाले एक वर्षमा १ अर्ब २० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन हुने औंल्याएको छ। आजको नागरिक दैनिकमा खबर छापिएको  छ।

0 comments:

Post a Comment