Sunday, June 12, 2016

ग्यास सिलिन्डरको मूल्य आफूखुसी बढाइयो


३१ जेठ, काठमाडौं । ग्यास उद्योगीहरुले खाली सिलिन्डरको धरौटी रकम ५ सय रुपैयाँसम्म बृद्धि गरेका छन् । सिलिन्डरकै मूल्य बढेपछि भरिएको ग्यायासको मूल्य ४ हजार रुपैयाँसम्म तिर्न उपभोक्त बाध्य भएका छन् ।
gasग्यास विक्रेता महासंघका अनुसार उद्योगीले अभावको मौका छोप्दै खाली ग्यास सिलिन्डरको मूल्य हृवात्तै बढाएका छन् । सवैभन्दा महँगो सिलिन्डरमा श्रीमाया कम्पनीको छ ।
श्रीमायाको एउटा सिलिन्डरको मूल्य २ हजार ५ सय रुपैयाँ पर्छ । नाकाबन्दी अघि श्रीमायाको मूल्य २ हजार १ सया रुपैयाँ थियो । ग्याससहित श्रीमाया सिलिन्डरको मूल्य ४ हजार रुपैयाँ पर्छ । अाजको कारोबार दैनिकमा समाचार छ ।
निजी कम्पनीले बढाए पनि साल्ट ट्रेडिङ कर्पोरेसनले भने सिलिन्डर मूल्य बृद्धि गरेको छैन । सबैभन्द कम मूल्य रहेको एसटीसीको २ हजार १ सय रुपैयाँ छ । ग्याससहित एसटीसीको मूल्य ३ हजार ५ सय रुपैयाँ पर्छ ।
उद्योगले सिलिन्डरको धरोटीबापतको रकम लिने भनिए पनि उद्योगीहरुले यसलाई बिक्री सरह नै मान्ने गरेका छन् ।
ग्यास विक्रिेता महासंघ नेपालका महासचिव चन्द्रबहादुर थापाले एउटै मापदण्डढ र एउटै ग्यास भर्ने सिलिन्डरमा फरक फरक मूल्य निर्धारण गर्नु गलत भएको बताए । नेपालमा ग्यास सिलिन्डर बनाउने ४ वटा कम्पनी मात्रै छन् ।

0 comments:

Post a Comment