Tuesday, June 14, 2016

खेल फ्रान्समा जुवा नेपालमा


असार १, काठमाडौं–फ्रान्समा चलिरहेको युरोकप फुटबल प्रतियोगिताको मंगलबार रातिका दुई खेलका सम्भावित नजितामा जुवा खेल्नेहरुका लागि एजेन्टले आफ्ना सदस्यलाई साँझ ५ बजे पठाएको रेट यस्तो थियो–
अस्ट्रिय ०.७०, हंगेरी ४, बराबरी २.४०
पोर्चुगल ०.५०, आइसल्याण्ड ६, बराबरी २.८०
पहिले पहिले मोबाइलमा नै पठाउने गरिएको यस्तो रेट अहिले प्रहरीको डरले ह्वाट्स एप, भाइबरमा पठाउने गरिएको छ ।

खेल जहाँसुकै, जुनसुकै टिमका बीचा होस्, अहिले ठूलो प्रतियोगिता छ भने जुवा खेलाउन् गिरोह सक्रिय भइहाल्छ । खेल सुरु हुनु एक घण्टा अगाडिदेखि हुने पूर्वानुमानको जुवा नतिजा नआएसम्म चलिरहन्छ । खेल सुरु भएसँगै जब कुनै टिमले अग्रता वा दबाब बढाउँदै लान्छ, त्यसैअनुसारको जुवाको रेट पनि परिवर्तन हुन्छ । स्थानीय एजेन्टहरु खेल अवधिभर आफ्नो सञ्जालका सदस्यलाई दररेट पठाउन व्यस्त हुन्छन् ।
पूर्वानुमानका आधारमा पैसा लगानी गरिने यो जुवामा मंगलबार खेल सुरु हुनु अघि अस्ट्रियाको पक्षमा पैसा लगाउँदा उसले खेल जिते एक लाख बराबर थप ७० हजार फाइदा हुने थियो । हंगेरस्ले जित्ने पूर्वानुमान मिले एक लाखको ४ लाख । खेल बराबरी हुने पक्षमा पैसा लगानी गर्नेले एक लाखको सट्टा दुई लाख ४० हजार पाउने ।
पोर्गुगल र आइसल्यान्डबीचको दोस्रो खेलको दर पनि उस्तै हो । पोर्चुगल पक्षधरले एक लाख लगाउँदा खेल जिते थप ५० हजार थपिएर आउँछ भने, खेल हारे एक लाख जान्छ । आइसल्याण्डको पक्षमा नजिता आए १ लाख लगानीमा थप ६ लाख आउँछ भने बराबरी भए २ लाख ८० हजार । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:

Post a Comment