Thursday, June 9, 2016

बयालीस बन्दकर्ता प्रहरी नियन्त्रणमा


पोखरा, २७ जेठ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माआवादीद्वारा घोषित आजको बन्द सफल पार्न हिँडेका ४२ जना कार्यकर्तालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । 

बजार बन्द गराउँदै हिँडेका माओवादी कार्यकर्तालाई पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, लेखनाथ नगरपालिकाको तालचोक, गगन गौडालगायतका स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश बमले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष मिलन राईसहित ४२ जना छन् । रासस 

0 comments:

Post a Comment