Wednesday, June 8, 2016

‘मासु खानका लागि गाई मारेँ’


स्याङ्जाः भिरकोट नगरपालिका १० कोटस्वारा निवासी ५५ वर्षीया पद्मबहादुर विक गौबधको आरोपमा मंगलबारदेखि प्रहरी नियन्त्रणमा छन् । गाई मार्दा-मार्दै प्रहरीले बन्चरोसहित विकलाई पक्राउ गरेको थियो ।

तीन दिनअघि मात्र भिरकोट नगरपालिका २ केशव कोइरालाले नगद पाँच सय, केही  कोदोसहित गाई पाल्नका लागि विकलाई दिएका थिए ।

लामो समयसम्म गाई पालेर दूध मोही खादै आएका कोइराला परिवार वृद्ध भएर पाल्न नसकेको जनाउदै विकलाई गाई पाल्न दिएका हुन् ।

राम्रोसंग पालन पोषण गर्ने जनाउँदै खुशीसाथ गाई लिएर घर गएका विकले गाई गोठमा पनि नपुर्याउदै मारेकोप्रति कोइराला परिवार दुःखी बनेको छ ।

राष्ट्रिय जनावर गाईलाई हिन्दूधर्मालम्बीले लक्ष्मीको रुपमा पूजा गर्ने गर्छन् । गाई मासु खानका लागि मारेको पदमबहादुर विकलाई उद्धृत गर्दै प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिए ।

बरालका अनुसार पाल्न लगेको गाई पदमबहादुरले घरमा नपुर्याई नजिकैको रुखमा बाँधेर बन्चरो प्रहार गरेर मारेका थिए । गाईलाई मारेपछि भाग्दै गर्दा स्थानीयको खवरपछि घट्नास्थलमा विक प्रक्राउ परेका हुन् ।

प्रहरी निरिक्षक बरालका अनुसार मुलुक धर्मनिरपेक्ष भएपनि कानुन अनुसार गाई मार्न पाइदैन । मुलुकी ऐन २०२० अनुसार चौपाय महलको दफा ११ अनुसार जानी जानी गाई मार्नेलाई १२ बर्ष जेल सजाय र मार्न बचन दिनेलाई ६ बर्ष कैदको व्यवस्था गरिएको छ ।

गाईको हत्या गर्ने विकले गाई मार्ने आफ्नो योजना नभएको बयान दिएको प्रहरीले बताएको छ । विकले गाई मारेको प्रति प्रहरीसँग पछुतोभएको बताएका छन् ।
 
अनुसन्धानका लागि जिल्ला अदालत स्याङ्जाले विकलाई बुधवार ६ दिनको म्याद थप गरेको छ ।

0 comments:

Post a Comment