Tuesday, June 7, 2016

धुलिखेलमा कैदीको मृत्यु


बनेपा, २५ जेठ । जबर्जस्ती करणीको मुद्दामा कैद सजाय पाएका एक कैदीको काभ्रेपलाञ्चोकमा मृत्यु भएको छ । 

सिन्धुपाल्चोकको माङ्खा गाविस– ७ का ७४ वर्षीय कालीप्रसाद पराजुली दमलगायत विभिन्न रोगले ग्रसित भएको र उनको धुलिखेल अस्पतालमा उपचार गराउँदा गराउँदै आइतबार मृत्यु भएको जिल्ला कारागार कार्यालय, धुलिखेलका जेलर महेशकुमार पोखरेलले जानकारी दिनुभयो । 


सिन्धुपाल्चोक जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा सात वर्ष कैद फैसला सुनाएकामा उनी एक वर्षदेखि जिल्ला कारागार धुलिखेलमा सजाय काटिरहेका थिए । 


भूकम्पका कारण सिन्धुपाल्चोकमा कारागार भत्केपछि अधिकांश कैदी र बन्दी जिल्ला कारागार धुलिखेलमा बस्दै आएका छन् । 

0 comments:

Post a Comment