Wednesday, June 8, 2016

हतियारसहित नेपाल प्रवेश गरेका भारतीय पक्राउ


राजविराजः पेस्तोलसहित नेपाल प्रवेश गरेका भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीले बुधबार पक्राउ गरेको छ ।

सप्तरीको झुट्की ९ स्थित पाँची खोला किनारामा सशस्त्र प्रहरीको टोलीले हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

 सशस्त्र प्रहरी निरीक्षक मनोज बहादुर चन्दको कमाण्डम र सशस्त्र प्रहरी बल दन्तकाली गणका सहायक निरीक्षक सरोजकुमार यादवको सुंयुक्त टोलीले भारत बिहार मधुवनी जिल्लाका ३५ वर्षीया रमेश यादवलाई घराउ गरी पक्राउ गरेको हो ।

प्रहरीले भारतीय नागरिकको साथबाट मेड इन युएसए लेखेको सिक्सर पेस्तोल एक थान, तीन राउण्ड गोली, भारतीय र नेपाली सिमकार्ड भएको एक थान मोबाइल बरामद गरेको छ ।  
 

0 comments:

Post a Comment