Tuesday, June 7, 2016

क्यासिनोको बक्यौता अझै उठेन




जेठ २६, काठमाडौं–देशभरका ९ वटा क्यासिनोको एक अर्ब ३९ करो रुपैयाँ बक्यौता उठाउने प्रक्रिया लम्बिएको छ ।

बक्यौता उठाउन पर्यटन विभागले केन्द्रीय तहसिल कार्यालय गुहारेकोमा कार्यालयले विभागको पत्र फिर्ता पठाइदिएको छ । पत्रमा विषयगत त्रुटीहरु रहेको कार्यालयको भनाइ छ ।
पर्यटन विभागले गत महिना ३५ दिने सूचना जारी गर्दै क्यासिनोहरुलाई बक्यौता तिर्न आग्रह गरेको थियो ।
तोकिएको समयभित्र बक्यौता नउठेपछि विभागले तहसिल कार्यालय गुहारेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

0 comments:

Post a Comment