Thursday, June 9, 2016

आयोगद्वारा सरकारलाई ध्यानाकर्षण


काठमाडौँ, २७ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले सडक विस्तारबारे सर्वोच्च अदालतको आदेशको मर्म र भावना अनुकूल हुने गरी कार्य गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । 

काठमाडौँ उपत्यकामा सडक विस्तारबाट पीडित भएका स्थानीयवासीको सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र अन्तरिम आदेशको समेत उल्लङ्घन गरी राज्यले अधिकार हनन गरेको भन्दै ध्यानाकर्षण गराएको हो । व्यक्तिको मर्यादित जीवन र आवासको अधिकारलाई सुनिश्चित गर्नसमेत आयोगले अपिल गरेको छ । 



सर्वोच्च अदालतबाट २०७२ पुस २ गते सहरी क्षेत्रमा विकास निर्माण र सडक विस्तार कार्यक्रम लागू गर्दा कानुनले तोकेको प्रक्रिया पूरा नगरी, कानुन बमोजिम क्षतिपूर्ति नदिई एकपक्षीय रुपमा बाटो विस्तारका लागि आवासीय घरहरुमा चिह्न लगाउन र भत्काउन नहुने भन्दै ध्यानाकर्षण गराएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । 

“नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरिएको छ भने धारा १२६ को उपधारा (२) ले अदालतको आदेशको पालना गर्नु सरकारी निकाय, व्यक्ति सबैको कर्तव्य हुने व्यवस्था गरेको छ” – आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस 

0 comments:

Post a Comment