Thursday, August 6, 2015

साउदीको मस्जिदमा बम आक्रमण, कम्तिमा २१ को मृत्यु


रियाद-साउदी अरेबियाको दक्षिणी भूभागमा अवस्थित एक मस्जिदमा भएको बम हमलामा परी कम्तिमा पनि २१ जनाको ज्यान गएको छ। अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्जिदमा इस्लामिक स्टेट आईएसले हमला गरेको हो। हमलामा परी मर्नेको संख्या बढ्न सक्ने जनाएको छ।

घाइतेको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन। उक्त हमलाको जिम्मेवारी आईएसले लिएको छ। आईएसले यस्तै हमला गत महिना पनि गरेको थियो। उसले अरबका सिया मुस्लिम समूहलाई लक्ष्य गरी सो हमला गरेको हो। साउदी अरेबियाको गुप्तचर एजेन्सीले त्यहाँका मस्जिदहरुमा हुनसक्ने आक्रमणका घटनाबारे आवश्यक सूचना प्राप्त गरेको जानकारी दिएको थियो ।

0 comments:

Post a Comment