Thursday, August 6, 2015

बाँचेर फेरि काम गरी खान पाएकोमा खुशी छु



म एक खुद्रा पसल संचालक हुँ। मैले यो व्यापार गर्न थालेको १२ वर्ष भयो।  पहिले व्यापारमा खास समस्या थिएन। तर भूकम्पको लगत्तै भने व्यापार पुरै खस्केको थियो। दैनिक गुजारा चलाउन पनि धौ धौ परेको थियो ।
पसल नै छाड्ने की अरु व्यवसाय गर्ने की, के गर्ने भन्ने साेच्न सकेको थिइन।  तर विस्तारै जनजीवन सामान्य बन्दै गयो र भूकम्पले स्थिर बनाएको व्यापार पनि सामान्य भयाे।  अहिले व्यापारमा पनि बृद्धि हुँदै गएको छ। पहिलेको अवस्थामै अाइसक्याे भन्दा नी हन्छ।  बाँचेर फेरि काम गरी खान पाइयो त्यसमा खुशी छु।

0 comments:

Post a Comment