Sunday, August 30, 2015

पूर्वका नौ जिल्लालाई मात्र प्रदेशको माग गर्दै लिम्बुवानद्वारा बन्द आह्वान



ताप्लेजुङ, भदौ १४ । संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दका कारण सोमबार विहानैदेखि पूर्वको जनजीवन प्रभावित बनेको छ ।
अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै उनीहरुले सोमबार र मंगलबार पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हुन् ।
बन्दले पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभवित बनेको छ ।
ती क्षेत्रमा विहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने, कलकारखाना, शिक्षणसंस्था ठप्प छन् । ताप्लेजुङमा भने लाखे जात्रा भएकाले बजार खुल्ला गरिएको छ ।
चार दलले अरुणपूर्वका नौ जिल्लामा सगरमाथा अञ्चलका पाँच जिल्ला पनि थपेर प्रदेश बनाएका उनीहरुले विमती जनाएका हुन् ।

0 comments:

Post a Comment