Thursday, August 6, 2015

‘लभ सब’ प्रमोसन गर्दै चितवनमा सलोन ।


प्रेम र रोमान्सको कथा ‘लभ सब’ भदौ २५ गतेबाट रिलिज हुदैछ । त्यसो त फिल्म रिलिजका लागि एक महिनाभन्दा बढि समय बाँकि छ । तर फिल्मको चर्चाले यतिबेला बजार गर्माएको छ । समाजिक सञ्जालदेखि सञ्चारमाध्यम, जताततै लभसबको चर्चा छ । फेसबुक वालमा लभसबको पोस्टर र प्रोफाइल राख्ने को पनि संख्या अनगिन्ती देखिन्छन ।फिल्मको पब्लिसिटीका लागि फिल्मका निर्मातादेखि कलाकारहरु पनि उतिकै सक्रिय छन । यसै क्रममा फिल्मको मुख्य पात्रमध्येका एक सलोन बस्नेत फिल्म प्रमोसनका लागि चितवन पुगेका छन ।


उनले चितवन भरतपुरका विभिन्न स्कुल पुगेर बिद्यार्थीहरुमाझ फिल्मको बारेमा जानकारी दिए । फिल्म बिशुद्ध किशोर किशोरीहरुको माया, प्रेम र रोमान्समा आधारित भएकाले एक पटक हेर्नका लागि सलोनले आग्रह गरे ।सलोनसँगको भेटमा बिद्यार्थीहरुले आफुहरु ‘लभ सब’ हेर्नको लागि प्रतिक्षित रहेको बताएका थिए । सलोनसँगै निर्देशक शोभित बस्नेत र चितवनको केहि रंगपत्रकारहरुले फिल्मको प्रमोसनमा साथ दिएका थिए । लभ सब मा सलोनसँगै संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी, के के अधिकारी लगायतको अभिनय छ । सुशिल पोखरेल र नरेन्द्र महर्जन निर्माता रहेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन ।

0 comments:

Post a Comment