Thursday, August 6, 2015

आर्यनको घाटीमा सलमानको ‘बजरंगी’ माला, उनका फ्यानले के सिक्ने त ?


विश्वमा मानिस कोही न कोही व्यक्तिको फ्यान हुन्छ । यसैले पनि होला मानिस उसको लवाई, खुवाईदेखि उसले लगाउने विभिन्न सामाग्रीको फलो गर्छ ।
नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देल पनि बलिउड नायक सलमान खानका फ्यान हुन् । सलमान खानबाट नै प्रभावित भएर उनले अभिनयमा रुची राखेको बताउँदै आएका छन् ।
सलमानले हातमा ब्रासलेट लगाउन थालेपछि आर्यनले पनि त्यसलाई फलो गरे । आर्यनले सलमानको एक्सन स्टाइलको फलो गर्दै ‘लोफर, नाईक, अलबिदा’ लगायतका चलचित्रमा एक्सनलाई मुख्य ध्यान दिए । तर, यो विधामा भने आर्यन असफल देखिए ।
अब, आर्यन फेरि सलमानको नयाँ स्टाइलको फलो गर्दैछन् । सलमानले चलचित्र ‘बजरंगी भाइजान’मा लगाएको माला अहिले आर्यनको घाटीमा पनि देखिन्छ । आर्यनले मिडियाका क्यामेराअघि त्यो माला मज्जैले देखाउँछन् ।
आर्यनको शरीरमा सलमानलाई फलो गरेर लगाइएका यस्ता कुराहरु देखिन्छन् । तर, आर्यन एक सर्वसाधारण मात्र नभएर नेपाली चलचित्रका चर्चित नायक पनि हुन् । यसैले, उनलाई फलो गर्ने हजारौ फ्यान पनि नेपालमा छन् ।
तर, नेपालका एक चर्चित नायक भएकाले आर्यनको दर्शकले के फलो गर्ने त ? जब, आर्यन नै सलमान खानको फलो गरेर दंग छन् । आर्यनले पनि आफ्नै नयाँ स्टाइल केही निकाल्न किन सक्दैनन्, जसलाई उनका फ्यानले फलो गरुन् ?
अनलाइन खबर बाट

0 comments:

Post a Comment