Thursday, August 6, 2015

बौलाह कुकुरले टोक्दा २० जना घाइते


उदयपुर, साउन २१ – उदयपुरको सदरमुकाम गाईघाट आसपासका क्षेत्रमा बौलाह कुकुरको बिगबिगी बढेको छ । बौलाह कुकुरको टोकाइबाट बिहीबार मात्रै २० जना भन्दा धेरै घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बोक्सेमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज सापकोटाले जानकारी दिनुभयो । बिहीबार बिहानदेखि नै बौलाह कुकुले टोक्न थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् ।

0 comments:

Post a Comment