Wednesday, August 5, 2015

वैदेशिक रोजगारीका लागि इजरायल खुल्ला !


काठमाडौं, श्रावण २१ इजरायलले नेपालबाट महिला कामदार लिने भएको छ । यसका लागि इजरायल सरकारले प्रस्तावपत्र नेपाल सरकारलाई पठाएको छ । प्रस्ताव पत्रमा इजरायलमा महिला कामदार सरकारमार्फत जाने उल्लेख छ । इजरायलको रोजगारमा नेपालका म्यानपावर कम्पनीले महिला कामदारसँग अत्याधिक पैसा उठाएको गुनासो बढेपछि इजरायल सरकारले नेपाली कामदार लिन बन्द गरेको थियो । इजरायल पठाउने म्यानपावर कम्पनीले नेपाली महिला कामदार सँग ५ लाख रुपैयाँ उठाउने गर्थे । शुक्रबार वा आइतबार नेपाल र इजरायल सरकारबीच द्विपक्षीय सहमति गर्ने तयारी भएको श्रम तथा रोजगार मन्त्रालय उच्च स्रोतले जनाएको छ । सहमतिपत्रमा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक र इजरायलका तर्फबाट इजरायलका नेपालस्थित राजदूतले हस्ताक्षर गर्नेछन् । मन्त्रालयका अनुसार यसलाई कोरियाजस्तै वैदेशिक रोजगार विभागको इजरायल शाखामार्फत पठाइनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । -

0 comments:

Post a Comment