Wednesday, August 5, 2015

सिन्धुपाल्चोकमा राहदानी बनाउनेको भीड


मेलम्ची, २१ साउन । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा भूकम्पपछि राहदानी बनाउनेको भीड बढेको छ ।जेठ महिनायता चार हजारभन्दा बढी राहदानी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमखु जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो । भूकम्पपछि राहदानी लिनेको सङ्ख्या बढेको र दैनिक ३० जनाले राहदानी लिइरहेको राहदानी फाँटका कर्मचारी उत्तम पौडेलले बताउनुभयो । जिल्लामा सिफारिस लिनेको सङ्ख्या दैनिक ५० जना भए पनि राहदानी पाउनेको सङ्ख्या ३० रहेको छ । भूकम्पपछि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएको छ । भूकम्पले घरबारविहीन भएपछि जीविकोपार्जनका लागि वैदेशिक रोजगारी बाध्यात्मक बन्न पुगेको छ ।



0 comments:

Post a Comment