Friday, June 10, 2016

मनसुनी समय परिवर्तनको तयारी


जेठ २९, काठमाडौं– नेपालमा मनसुन सक्रिय हुने समय ढिलो हुन थालेपछि मनसुनी समय परिवर्तनको तयारी थालिएको छ । सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मलाई मनसुनी समय भन्ने गरिन्छ । तर पछिल्ला केही वर्षदेखि मनसुन शुरु हुन र सकिन ढिलाई हुने गरेकाले मौसमविद्हरुले मिति परिवर्तनको प्रयास थालेका हुन ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले मनसुनी समय परिवर्तनका लागि अध्ययन भैरहेको बताए । हरेकवर्ष मनसुन शुरु र अन्त्य हुन झण्डै १० दिनसम्म ढिलाई हुने गरेको महाशाखाको तथ्याङ्क छ । मनसुन शुरु हुने सूचकका विषयमा अध्ययन भैरहेकाले महाशाखाले मनसुनी समयको मितिनै परिवर्तन गर्ने गरी तयारी गरिरहेको छ ।
अघिल्लो वर्षपनि जुन १३ मा कमजोर खालको मनसुन भित्रिएको थियो । अन्त्य पनि ढिलोगरी भएको थियो । यसपटकको मनसुन पनि झण्डै एक हप्तापछि मात्र भित्रिने भएको छ । अहिले पश्चिम बंगालको दक्षिण पूर्वी क्षेत्रमा मनसुन आईसकेकाले झण्डै एकहप्तापछि मात्र नेपाल भित्रिने अनुमान गरिएको छ । नेपालमा पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको दुईदिनपछि मात्र सुदुरपश्चिममा पुग्ने गरेको छ ।
जलवायु परिवर्तन, तापक्रमको वृद्धि लगायतका कारण मनसुन शुरु हुन ढिलाई भएको हो । बंगालको खाडीबाट आउने जलवाष्पयुक्त वायु जसले नेपालको पश्चिमी क्षेत्रसम्म असर पुराएर वर्षा गराउँछ यसलाई मनसुन भनिन्छ । मनसुनी अवस्थामा मात्र नेपालमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पूर्वबाट पश्चिम बहने गर्छ । अरु समयमा भने पश्चिमी वायुले पश्चिमी क्षेत्रबाट असर गर्ने मौसमविद्हरुको भनाई छ ।

0 comments:

Post a Comment