Friday, June 10, 2016

उपराष्ट्रपति पुनको पहिलो विदेश भ्रमण : ११ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान


२८ जेठ , काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन् ।
युनान प्रान्तको राजधानी कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र चौबीसौँ चीन कुन्मिङ आयात–निर्यात व्यापार मेलामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
विमानस्थलमा उपराष्ट्रपतिलाई उपप्रधानमन्त्री चित्रबहादुर केसी, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले बिदाई गरे ।
nanda bahadur pun china visit (3)
यसअघि नेपाली सेनाको एक टुकडीले उपराष्ट्रपतिलाई सम्मानगारत अर्पण गरेको थियो ।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।
nanda bahadur pun china visit (1)
यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उपराष्ट्रपति चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्कर्ने छन् ।

0 comments:

Post a Comment