Saturday, June 11, 2016

जनमुक्ति पार्टी नयाँ शक्तिमा मिसिने


२९ जेठ, काठमाडौं । एमएस थापामगरले नेतृत्व गरेको संघीय जनमुक्ति पार्टी नयाँ शक्तिमा समाहित हुने भएको छ । सो पार्टीको पाँचौं महाधिवशेनले नयाँ शक्तिसँग पार्टी एकता गर्ने निर्णय गरेको हो ।

महाधिवेशनले नयाँ शक्तिमा समाहित हुने निर्णय गरेपछि शनिबार अपरान्ह ४ बजे एक कार्यक्रममार्फत पार्टी समायोजन गरिने नयाँशक्ति नेपालका प्रवक्ता खिमलाल देवकाटाले बताए । उनले भने- ‘थापा नेतृत्वको संघीय जनमुक्ति पार्टी नयाँशक्तिमा समाहित हुने भएको छ, स-साना राजनीतिक दलहरु नयाँ शक्तिमा आउने क्रम जारी छ ।’
धोवीघाटस्थित सिद्धार्थ कटेजमा शुक्रबार आयोजना गरिएको पाँचौं महाधिवेशनमा शुभकामना दिन नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसमेत पुगेका थिए । त्यहाँ डा. भट्टराईले शुभकामना मन्तव्यका क्रममा पार्टी एकताको प्रस्ताव राखेका थिए ।
शनिबार महाधिवेशनस्थलमै संयुक्त कार्यक्रम गरी पार्टी समायोजनको घोषणा गरिने भएको छ ।
यसअघि चैतन्य सुब्बा र पासाङ शेर्पाले नेतृत्व गरेको  सामाजिक लोकतान्त्रिक पार्टी पनि नयाँ शक्तिमा समायोजित भइसकेको छ ।

0 comments:

Post a Comment