Sunday, June 5, 2016

वेल्सलाई हराउँदै स्वीडेन युरो कपका लागि तयार


२४ जेठ, काठमाडौं । वेल्सलाई ३-० गोल अन्तरले हराउँदै स्वीडेनले युरो कप २०१६ को तयारी पुरा गरेको छ ।
वेल्सले ग्यारेथ बेललाई बेन्चमा राखेर खेल सुरु गरेकेा थियो । पहिलो हाफमा एमिल फोल्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । उनले ४० औं मिनेटमा गोल गरेका हुन् ।
मिकाइल लस्टिगले ५७ औं मिनेटमा गोल गरे । खेलको ६४ औं मिनेटमा वेल मैदान प्रवेश गरे । तर, वेल्सलाई जिताउन सकेनन् ।
बरु खेलको ८७ औं मिनेटमा गाइडिटीले गोल गर्दै स्वीडेनलाई ३-० गोल अन्तरको शानदार जित दिलाएका छन् ।
यो खेललाई धेरैले वेल भर्सेज जाल्टन इब्राहिमोभिचका रुपमा हेरेका थिए । तर, मैदानमा दुबै आमनेसामने हुने अवस्था रहेन । इब्राहिमोभिच मैदानबाट बाहिरिएको चार मिनेटपछि बेल मैदान प्रवेश गरेका थिए ।

0 comments:

Post a Comment