Tuesday, June 7, 2016

दसैंसम्म कुर्सी ओलीलाई, प्रचण्डले जम्बो केन्द्रीय समिति सम्हाल्ने


काठमाडौं, २६ बजेट । बजेट पारित भएलगत्तै प्रधानमनत्री बन्ने चर्चामा रहेका माओवादी अध्यक्ष प्रचण्ड अहिले पासा पल्टिएको निश्कर्षमा पुगेका छन् ।
शनिबार रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन, हरिबोल गजुरेल र जनार्दन शर्मासँगको भेटमा आफूलाई केपी ओलीको समर्थन हुँदा पनि कुनै हालतमा प्रधानमन्त्री हुन नदिने खेल चलेको बताएका छन् । त्यसक्रममा उनले आफूलाई छेक्न कम्युनिष्टविरोधी गठबन्धन बनाउने वा एमालेकै अर्को व्यक्तिलाई अघि सार्ने कोशिसमा ठूलै शक्तिकेन्द्र लागिरहेको खुलासा गरेका थिए ।

उनका अनुसार भारत अहिलेको वाम गठबन्धन टुटाएर कांग्रेससँग मिल्ने शर्तमा मात्रै प्रचण्डलाई प्रधानमन्त्री बनाउन चाहन्छ । कोर टिमसँगको छलफलमा प्रचण्डले वामपन्थी गठबन्धन टुटाएर कांग्रेसको समर्थनमा बहुमतको सरकार बनाउनेतिर लाग्दा राम्रो सन्देश नजाने भन्दै यसबारे पहिले देखिएको असन्तुष्टिप्रति नजर लगाउनुपर्ने बताएका थिए ।
केपीको ठाउँमा आफू प्रधानमन्त्री बन्न गठबन्धनका सबै दल तयार नभएको र एमालेभित्रै पनि एकरुपता नभएको उनले सुनाए । यस्तो अवस्थामा अहिले प्रधानमन्त्रीको चक्करमा लाग्दा भर्खरै भएको पार्टी एकता र हजारभन्दा बढीको केन्द्रीय समितिलाई सम्हाली नसक्नुको अवस्था आउने भएकाले दशैंसम्म आन्तरिक संगठनमै ध्यान दिने र त्यसपछि अनुकूल अवस्थामा सरकारका लागि पहल लिने प्रचण्डको निश्कर्ष थियो ।
अहिले सत्ताको लागि हतार गर्दा प्रधानमन्त्री त के सरकारबाटै बाहिरै बस्नुपर्ने अवस्था आउनेतर्फ पनि उनले ध्यानाकर्षण गराएको बुझिएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment