Monday, June 6, 2016

भारतीय प्रहरी जोडीले राख्यो सगरमाथा आरोहणमा विश्व रेकर्ड


२४ जेठ, काठमाडौं । भारत महाराष्ट्रका एक प्रहरी दम्पत्तिले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान रचेका छन् । भारतको महाराष्ट्र प्रहरीका कन्सटेबल दम्पत्ति दिनेश चन्द्रकान्त राठोर र उनकी श्रीमती तारकेश्वरी राठोरले सगरमाथाको चुचुरोमा पाइला राख्ने प्रथम प्रहरी जोडीको इतिहास बनाएका हुन् ।
उनीहरु सगरमाथाको सफल आरोहण गर्ने पहिलो भारतीय दम्पत्ती समेत बनेका छन् ।
मकालु एडभेन्चरले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तारकेश्वरी राठोरले भनिन्, ‘सगरमाथा आरोहणको लागि हामीले आफ्नो सन्तान जन्माउने योजना समेत पछाडि सारेका छौं । अब हामी गर्वसाथ सन्तान जन्माउन सक्छौं ।’
तारकेश्वरीका ३० वर्षीय श्रीमान् दिनेशले प्रेमको सामर्थ्यले सगरमाथामा विजय प्राप्त गर्न सकेको बताए । सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्न पाउँदा गर्व लागेको बताए ।
सन् २००७ मा प्रहरी सेवामा प्रवेश गरेका राठोर दम्पत्ति ‘एडभेन्चर्स कपलका’रुपमा परिचित छन् । सन् २००८ देखि वैवाहिक जीबन सुरु गरेका उनीहरुले सन् २०१४ मा अष्ट्रेलियाका १० ठूला शिखरहरुको पनि सफल आरोहण गरेका थिए ।
राठोर दम्पत्तिले सन् २०१५ मा नै सगरमाथा आरोहणको अनुमति लिएका थिए । तर, भूकम्पका कारण अघिल्लो वर्षको आरोहण स्थगित गर्नुपरेको थियो ।

0 comments:

Post a Comment