Thursday, June 9, 2016

डाक्टरको आडमा इन्जिनियरको रजाई, यसरी तुहाइँदैछ बुढीगण्डकी


जेठ २८, काठमाडौं– सरकारले अत्यन्तै महत्वका साथ अगाडि बढाएको बुढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन नदिने खेलमा सोही आयोजनाका उच्च अधिकारी नै खुलेर लागेका छन् । आयोजना विकास समितिका अध्यक्ष एवम् इन्जिनियर लक्ष्मीप्रसाद देवकोटा नै आयोजना बन्न नदिने खेलमा लागेका छन् । उनले उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको आग्रह र आदेशलाई अस्वीकार गर्दै आफूखुसी गतिविधि गरिरहेका छन् ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ – देवकोटा यतिखेर नयाँ शक्ति नेपाल नामक गैर माक्र्सवादी दलको कार्यकर्ता बनेको बताइन्छ । उनले योजनावद्ध रुपमा नै माओवादी मन्त्रीले भनेको किन मान्ने भन्दै आफूखुसी निर्णय गर्न थालेका हुन् । आयोजनामा अर्का कार्यकारी प्रमुख पनि रहेका छन् ती हुन गोपाल बस्नेत । यतिखेर आयोजना अगाडि बढाउन नदिने, भूमाफियालाई सहज बनाइदिने र जनताको आशामाथि चिसोपानी खन्याउने काममा विशेषगरी देवकोटा र उनको पछि पछि बस्नेत पनि लागेको आयोजनाका एक कर्मचारीले बताए । देवकोटाले भूमाफियाहरुलाई सूचना दिएकै आधारमा आयोजना स्थलमा करौडौको जग्गा कारोबार भएको बताइन्छ ।

नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डेको सेटिङमाा भूमाफियाले कारोबार गरिरहेका छन् । भूमाफियासँग मिलेर आयोजनालाई अगाडि बढाउँनै नदिने काममा देवकोटा लागेका छन् । माओवादीका नेता तथा कार्यकर्तालाई बाइपास गर्ने र काँग्रेस, एमालेका नेता तथा कार्यकर्तालाई हातमा लिएर देवकोटाले कमाउ धन्दा चलाएका छन् ।
आयोजना स्थलमा पर्ने सार्वजनिक तथा पर्ती जग्गालाई व्यक्तिको नाममा बनाउने चलखेल समेत भित्र भित्रै भइरहेको सूचना आएपछि उपप्रधानमन्त्री रायमााझीले बोलाएर देवकोटा सर राम्रो कुरा सुनिएको छैन, कुरा के हो प्रष्ट पार्नुस भनेका थिए । मन्त्रीका अगाडि बुरुक्क उफ्रेर देवकोटाले मलाई तपाइले मलाई चिनेकै छैन कि , म डा भट्टराईको मान्छे भन्दै फुर्ति लगाएकोे स्रोतको दावी छ ।

0 comments:

Post a Comment