Thursday, June 9, 2016

रसियन लडाकु विमान मस्कोमा दुर्घटनाग्रस्त


मस्को: रसियाली सेनाको सु–२७ नामक विमान बिहीबार राजधानी मस्को नजिकै दुर्घटनाग्रस्त भएको छ । घटनामा विमान चालकको मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

 
आफ्नो गन्तव्यमा पुगेर सैन्य आधार शिविरमा फर्किने क्रममा विमानमा गडबडी देखिएपछि घनाबस्तीमाथि पर्ने देखेपछि पाइलटले विमानलाई सुरक्षित स्थानतर्फ लग्न सफल भएका थिए । तर उनी आफैं भने समय अभावका कारण विमानबाट निस्किन नसकेको रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । 
 
विमान रसियाली वायुसेना युद्धक विमानको कला प्रदर्शन समूहको एक कार्यक्रममा उत्तरी क्षेत्रमा पुगी फर्किने क्रममा मस्को क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । 
 
विमानको 'ब्ल्याक बक्स' फेला परिसकेको बताउँदै रसियाली सेनाले सु–२७ का सम्पूर्ण उडानलाई दुर्घटनाको कारण नखुल्दासम्मका लागि भन्दै स्थगित गरेको छ । 
 
दुर्घटनाग्रस्त विमानको प्रारम्भिक अनुसन्धान अनुसार विमान प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त हुन पुगेको जनाएको छ । एजेन्सी 

0 comments:

Post a Comment