Monday, June 13, 2016

भीरमह बेचेर सडक निर्माण


३२ जेठ, काठमाडौं । आफ्नो गाउँको विकास निर्माणका लागि राज्यको मुख ताकेर बस्नुपर्छ भन्ने छैन । काम गर्ने जोस, जाँगर र इच्छाशक्ति भयो भने आफ्नै पहलमा पनि गाउँ विकास निर्माणका काम गर्न सकँदोरहेछ भन्ने उदाहारण पर्वतको एक विकट गाउँका बासिन्दाले देखाएका छन् ।
उत्तरी पर्वतको भुकताङले गाविसका बासिन्दाले गाँउमा सडक सुविधा पुर्‍याउन फरक खालको जुक्ति अपनाएका हुन् । भुकताङले गाविस ९ स्थित महाभीरबाट पहिलोपटक भीरमौरीको मह संकलन गरी बिक्री भएको आम्दानीले स्थानीय ले सडक निर्माण गरेका अाजको कारोबार दैनिकमा समाचार छ ।

महाभीरबाट संकलन गरिएको मह बिक्रीबाट आएको झन्डै ६ लाख रुपैयाँले कास्कीको नयाँपुल हुँदै पर्वतको भुकताङले वडा नं ८ र ९ हुँदै पुनः कास्कीको पर्यटकीय स्थल दाङसिङ सुधामेससम्मको ट्रयाक खोलेका हुन् ।
भीरमह बिक्रीबाट स्थानीयले ४ किलोमिटर सडक निर्माण गरेका हुन् ।

0 comments:

Post a Comment